बिहीबारको नागरिक मुखपृष्ठमा छापिएको खरानीमा रूपान्तरित औरही गाउँको तस्वीर
देखेर असाध्यै मन रोयो। प्रत्येक बर्षको
गर्मीयामसँगै शुरू हुने भीषण आगलागीले यसरी नै हजारौं
हजार नागरिकको बिचल्ली हुने
गरेको छ । यसले गर्दा प्रत्येक बर्षको मेहनत नयाँ झुप्रो खडा गर्नेमै जानेहुँदा ती
गरीबहरूको जीवन पनि गरिबीको दुष्चक्रभित्रै खरानी हुने गरेको छ । घरसँगै लुगा,
पुस्तकहरू र खानेकुरा सखाप हुँदा विद्यार्थीहरू विद्यालय जान सकेका छैनन । बिनाशले
बालबालिकामा पारेको मानसिक असर त छँदैछ, यसले नयाँ पुस्ता पनि गरिबीको दुष्चक्रबाट
कहिल्यै निस्कन नसक्ने कुरा निर्बिवाद छ ।
बैशाख महिनाको
अन्त्य सम्म् केबल २० प्रतिशत मात्र विकास बजेट खर्च हुनसकेको खवर आइरहेको छ । तराईको राजनीति गर्नेहरूलाई केबल सत्तालिप्सा र निकृष्ट ब्यक्तिगत स्वार्थको जंजीरले सधैं बाँधेको छ । ती
गरीबहरूका बारेमा सोंच्ने फुर्सद उनीहरूलाई छैन, छ त केबल आफ्ना भाइभतिजालाई ठेक्कापट्टा दिलाएर कसरी कमाउन सकिन्छ भन्ने मात्र ।
जबसम्म घर निर्माणको परम्परागत शैलीमा परिवर्तन ल्याउन
सकिन्न तवसम्म हामीले प्रत्येक बर्ष आगलागी पीडितका
लागि राहत संकलगन गर्नुपर्ने र उनीहरू सधैंभरी
नयाँ झुपडी निर्माणमा लाग्नु पर्ने हुन्छ । यसले गर्दा गरिबीको दुष्चक्रबाट उनीहरूलाई कहिल्यै
माथि उठ्न नसक्ने कुरा घामजस्तै छर्लंङ्ग छ । तसर्थ कंक्रिट टायल (वा अरू कुनै सस्तो तर कम ज्वलनशील बस्तु) को छाना सहितका कंक्रिट
ब्लकका स-साना घर
(जो ४०/५० हजारमा तयार हुन्छन्) बनाउनका लागि सरकारी, नीजि र
सामाजिक संस्थाको संयुक्त अभियान चलाउन सकिन्छ । त्यस्ता घरहरू आगलागीबाट बच्न मात्र नभै बिजुली जडान गर्न पनि सुरक्षित
हुनेछन् । गाउँमै बिजुली आएपनि उपयुक्त घर नभएका कारणले त्यसको सुविधाबाट बञ्चित
भएका गरीबहरू पनि यसबाट लाभान्वित हुनेछन् । तसर्थ आगामी बजेटमा अत्यन्त गरीबहरूका लागि कम्ती ५००० सस्ता र सुरक्षित घर बनाउन बजेट बिनियोजन
गरी सरकार, सामाजिक संस्था र सम्बन्धित लाभार्थीको योगदानमा त्यस्तो कार्यक्रम
लागू गर्नु उपयुक्त हुन्छ । प्रत्येक बर्ष ५००० हजारका दरले मात्र बनाउँदा पनि
केही बर्षमै आगलागी सम्बेदनशील क्षेत्रका बिपन्नका लागि आवश्यक घर निर्माण गर्न
सकिन्छ। गरिबी निवारण कोषले पनि बिपन्नका लागि सुरक्षित आवास कार्यक्रम सञ्चालन
गर्न सक्छ। सरकारले केही करोड बजेट छुट्याएर बर्षेनी अर्बौंको आर्थिक र खर्बौंको मानसिक क्षति रोक्न सकिने हुँदा यसका लागि सबै पक्षबाट
तत्काल पहल होस् ।
भीष्मकुमार
भूसाल
हालः विद्यावारिधि शोधार्थी, देउस्तो विश्वविद्यालय, स्पेन
हालः विद्यावारिधि शोधार्थी, देउस्तो विश्वविद्यालय, स्पेन
2068/01/22
No comments:
Post a Comment