छुवाछूत, व्राम्हणवाद र शास्त्रज्ञहरूको कुम्भकर्ण निद्रा
१२ चैत्रमा प्रकाशित नागरिक
दैनिकको बिचार पृष्ठमा तारा लाम्गादेद्वारा लिखित "दलित आन्दोलनमा जातीयताको सवाल" शीर्षकको लेखमा "मैले सबैभन्दा बढी घृणा गर्ने
धर्म हिन्दू नै हो" भन्ने भनाइ उल्लेख भएको छ। केही दिन अघि अन्यत्र कतै
अन्जना बिशंखेको "यत्रो असुरक्षाबीच महिलाले किन गर्छन् प्रेम?" शीर्षकको लेखमा मा पनि प्रेम र
यौनलाई " हिन्दू ब्राम्हणवादी संस्कृतिद्वारा निर्देशित सोच" भनिएको छ। यी त केही उदाहरणहरू
हुन्। प्रत्येक दिनको पत्रिकाका हिन्दू धर्म, ब्राह्मण संस्कृतिको विरुद्ध बिषवमन
गर्दै गोयबल्स शैलीमा गरिएका पीत पत्रकारिताको बारेमा कसैले कुनै खण्डन गरेको
पाइँदैन।जहाँ ८२ प्रतिशत भन्दा बढी हिन्दू छन् त्यहाँ तिनीहरूको आस्थामा रातोदिन
प्रहार गर्दा पनि कोही बोलिरहेको छैन। कसैले बुध्दिबिलास गर्न छ भने " हिन्दू ब्राम्हणवादी
पितृसत्तात्मक सोंच' भनिदिए त्यो ठूलो प्रगतिवादी ठहरिने भ्रम परेको छ। तर साँवा अक्षर पढ्न
सक्नेले इमान्दारीपूर्वक अध्ययन गरोस् र बुझोस् वास्तवमा हिन्दू धर्म नै त्यस्तो
धर्म हो जसले प्रत्येक धर्मावलम्बीलाई आफ्नै धर्मप्रति गौरव गर्न सिकाएको छ नकि
धर्मान्तरण गर्न वा अरू धर्म मान्नेलाई विभेद गर्न। कृष्ण भगवानले गीतामा " स्वधर्मो निधनं श्रेयः परधर्मो
भयावहः " भनेर भनेको यो वाक्य नै त्यसको प्रमाण हो।
नेपाललाई क्रिश्चियनीकरण गर्नका
लागि यूरोपियन यूनियन अन्तर्गतका धनी क्याथोलिक चर्चहरू र गैससहरू, कोरियाका
चर्चहरूमात्र हैन, जापान-नेपालको मित्रताको फाइदा उठाउँदै केही जापानी क्रिश्चियन
स्वयंसेवकहरूको समेत योगदान र ठूलो धनराशि ओइरिएको छ।त्यो धन लुँड्याउनेहरूले नै
नेपालमा जातीय सद्भाव भड्काउने प्रपञ्च गरिरहेका छन्। यस कुत्सित कार्यमा नेपालका
उग्रपन्थी भड्कावबादीहरू, उग्र जातीवादीहरू र पैसाको लागि धर्म परिवर्तन गरेकाहरू
अहोरात्र तन, मन र वचनले लागिरहेका छन्।नेपाललाई उपनिवेश बनाउने नपाएको झोंकमा
नेपालमा जातीय विद्वेष बढाएर नेपाल तहसनहस पार्न डेढसय बर्ष अघिदेखि योजनाबद्ध
रूपमा शुरू गरिएको गोराछालावालाको साहित्यमूलक इतिहास लेखनले हाम्रो इतिहास
बङ्गाइएको छ। त्यही साहित्यको गायत्री जप्दै नेपालमा जातीय विद्वेषको बीउ रोपेर
त्यसको बिरुवामा मलजल गर्ने काम भएको छ तर हाम्रा हिन्दूधर्म मान्ने विद्वानहरू
जसले संस्कृत र धर्मशास्त्रको अध्ययन गरेर आफूलाई पण्डित, महापण्डित दाबी गर्दै
मखलेल मुद्रामा हिँडिरहेका छन्, तिनीहरूले व्राम्हणलाई राक्षसीकरण गर्ने यस्ता
आरोपको खण्डन गर्ने जाँगर समेत देखाउँदैनन्। तिनलाई टपराको अलमल नै प्रिय छ, दुई
चार अन्धभक्तको पाउलागी र प्रणाम नै प्रिय छ। त्यसभन्दा अघि बढेर हिन्दु धर्म
संस्कृति, सामाजिक सद्भाव र हिन्दू धर्मको सनातनी भावको व्याख्या गर्नका लागि दुई
चार वाक्य लेख्ने जाँगर, हिम्मत र तत्परता तिनमा छैन। ती त केवल नेपाल संस्कृत
विश्वविद्यालयलाई कामधेनू बनाएर गोडा पसारेर खानमै गौरव गर्छन्।
खास गरी तीन अवस्थामा
ब्राम्हणबादको शब्दको निकै दुरूपयोग गरेको
पाइन्छ- (क) महिलाका पीडासँग जोडेर, छुवाछूतसँग जोडेर र नश्लबादसँग जोडेर।
महिलाका पीडा र नश्लबादसँग ब्राम्हणबादलाई जोडेर पछिका लेखहरूमा लेखिनेछ, यहाँ
केवल छूवाछूतको प्रसंग जोडौं ।जातीय भेदभाव र छुवाछूत हाम्रो धर्मको अन्तर्य हैन।
वास्तवमै इतिहासको अन्धयूगमा शासकहरूले ब्राह्मणहरू प्रति समाजको विश्वासलाई दुरुपयोग
गर्दै आफ्नो शासन सत्ता लम्बाउन र दमनयुक्त शासन चलाउन वैधानिकता प्राप्त गर्न ब्राम्हण
कर्मचारीको विद्वताको दुरूपयोग गर्दै स्मृति परम्परालाई बङ्गाएर छुवाछूत र जातीय विभेदको बीउ रोपेका हुन् भन्ने
कुरा गहिरिएर हिन्दू धर्मशास्त्र अध्ययन गर्नेलाई भनिरहनु पर्ने कुरा हैन।स्मृतिहरू
पढेर हैन, श्रुति पढेर मात्र यो तथ्य उजागर गर्न सकिन्छ।तर कतिपय स्मृति परम्परामा
आधारित जातीय छुवाछुत हिन्दू धर्मको बदनामी गर्ने हतियार भएको छ। यही छुवाछूतको
वैशाखीमै क्रिश्चियनीकरण मौलाउँदै गएको छ।उग्रवामपन्थी र उग्रजातीबादीहरूलाई नारा
मिलेको छ, तर शास्त्र पढैयाहरू त्यस्ता कुतर्कको खण्डन गर्न भन्दा आफ्ना खुट्टा
ढोगाउनतिरै प्रसन्न चित्त भएर लागेका छन्।
के हिन्दू धर्मविरूध्द भएका यी
सबै प्रलापको तर्कसंगत खण्डन गर्नु तिनीहरूको दायित्व हैन (कुनै पनि धर्मबिरूध्दका
प्रलाप हामीलाई सह्य छैन हिन्दूधर्मको बिरूध्दको मात्र हैन)? के हाम्रा पण्डितहरू
शंकरभाष्यसूत्र घोक्छन् मात्र तर त्यहाँ उल्लेखित 'सडेर जाने सबैको शरीर चाण्डाल
नै हो, आत्मासँग के को छूवाछुत" भन्ने कुरा बिर्सन्छन्? के ती माझी-दैाहित्र
वेदव्यासको उदाहरणबाटै नै हाम्रो धर्मले जातीय छुवाछूत मान्दैन भन्ने कुरा
बुझाउँदा आफ्ना खुट्टा ढोग्नेहरू कम हुन्छन भनि ठान्छन्? के सत्यकाम जावालाको बाबु
र गोत्रको पत्तो नभएपनि उनको सत्यवादिता नै ब्राम्हण हुन योग्य आधार भएको थियो
भन्ने कुराको इतिहास तिनले बिर्सेका हुन्? के शवरीका जूठा वयरदाना खाने
रामचन्द्रको आराधना गर्ने तर मूर्ति बनाउने कालिगढलाई मन्दिर प्रवेशमा रोक लगाएर
धर्मको पालना गरेको भन्ठान्छन्? गोमांसभक्षी म्लेच्छ र यवनहरूसँग छोइछिटो
गर्नुपर्ने तर आफ्ना बान्धवहरूसँग दलित भनी छोइछिटो गर्नमा धर्मको उच्चता देख्छन्?
जन्मेना जायते शुद्रो कर्मेणा द्विजः उच्यते भन्ने कुरा तिनीहरूले जाँचदिनका लागि
मात्र पढेका हुन्? ती सत्य जान्दछन् भने किन बोल्दैनन्? जान्दैनन भने किन
जानिटोपल्छन्? "न जटाहि न गोत्तेहि न जच्चा
होति ब्राह्मणो।यम्हि सच्चं च धम्मो च सो सुची सो च ब्राह्मणो॥" अर्थात जटाले हैन, गोत्रले हैन,
जन्मले हैन, सत्य, धर्म र पवित्रतायुक्त मानिस नै ब्राम्हण हो भन्ने बुध्दबचन पनि
छ भने ब्राम्हण कसरी सबै समस्याको कारण हुन्छ? अनि ब्राह्मणवाद भनेको त सत्य, धर्म
र पवित्रताको पक्ष लिनु भएन र? के यो सत्य बुझाउन हाम्रा पण्डितहरू सक्षम छैनन्? के साँच्चै आज हामी जसलाई ब्राह्मण भन्छौं ती साँच्चै ब्राह्मण
त हुन्? ब्राह्मण शब्दको दुरूपयोग हैन बरू सच्चा ब्राह्मण हुने दिशामा सबै जात
जाति लाग्नु पर्छ किनकी समभाव , शुद्धता , पवित्रता , तपगर्नु , निश्छली , ज्ञानी , विज्ञानले युक्त हुनु , दान लिनु र दानदिनुपनि , यज्ञगर्नु गराउनु , वेदाध्ययन गर्नु गराउनु आदी गुणले युक्त हुनु नै ब्राह्मण हुनु हो। हरेक
जात, कूल, वर्ण, गोत्र, वंश वा धर्मको मानिस ब्राह्मण हुन सक्दछ यी गुणहरूको विकास
गरेर। अनि यस्ता कुराको पक्ष लिनु नै ब्राह्मणबाद हो नकि अहिले पीत पत्रकारिता
गरिएजस्तो नकारात्मक चरित्र। कसैलाई पनि ब्राह्मण हुनबाट रोकिएको छैन हिन्दू
धर्ममा।
लेखक संस्कृतको औपचारिक अध्ययन
गरेको ब्यक्ति हैन, अर्थशास्त्रको विद्यार्थी हो।त्यसैले धर्मशास्त्रका घाघडान
विद्वानहरूबाटै यो कुप्रचारको खण्डन होस् भनेर बर्षौं प्रतिक्षारत रह्यो तर हाम्रा
ब्राह्मण विद्वानहरूले त आत्मश्लाघाबाट माथि निस्कने छन्दछाँटै देखाएनन्। अब यसको
बहस चलाउनै पर्ने भएको छ। हिन्दू विद्वानहरू, कृपया सोच्नुहोस्- अलिकति दायित्व
हाम्रो धर्म रक्षार्थ (धर्मो रक्षति रक्षितः, अरू के भनौं र?), सांस्कृतिक
विरासतको पवित्रतार्थ र सुविचारको प्रवर्धनार्थ पनि हुनु पर्दैन र? त्यतिमात्र
हैन, जातीय राजनीतिका लागि हिन्दू धर्मावलम्बीमा विद्यमान कुसंस्कारको सहारा लिने
प्रचलनको अन्त्यका लागि पनि हामीले बोल्नै पर्ने र अभियानै चलाउनु पर्ने भएको छ।
के छूवाछूत र उचनीचको भावनाका विरुद्धको जनजागरणको शुरूवात तपाइँहरूबाटै हुनु
पर्दैन र? धर्म निरपेक्षताको दुरूपयोग गर्दै हिन्दू धर्मका विरुद्ध योजनाबद्ध आक्रमण
हुँदा बोल्ने दायित्व कसको हो? के कोही हिन्दू धर्मका अनुयायीले अन्य धर्मको विरुद्ध
लेख लेखेको देखिएको छ? हामी सबै धर्मको सम्मान गर्छौं त्यसैले कुनै धर्मको विरुद्ध
बोल्नु नै अधर्म हो भन्ठान्छौं तर हिन्दू धर्ममाथि सबैको आक्रमण के टुलुटुलु हेरेर
बसिरहने?
I really appreciate you for this enlightening write-up as well, sir. This writing should encourage the learned persons to do something against this unopposed injustice against Hinduism. I wish I had the mighty pen as you have got!
ReplyDeleteI thought I lacked Sanskrit language and in-depth knowledge on Hinduism to say something for Hinduism and against its arch-despisers. Being knowledgeable about the inter-faith code-of-conduct, in-depth knowledge on Hinduism and some basics on the other religions as well, how Christianity oppressed the others in Europe, Australia, Americas, Africa and more loudly in Asia, along with basic about logic, science, sociology, history, and the like is advantageous. But waiting for this would be suicidal for this religion.
For this right cause the only thing we lack is organized effort. One person's spontaneous and sporadic endeavour, however genuine, brave and sure-shot lasts short. It is rightly said that संघे शक्ति कलौ युगे. We have mighty literature and scriptures and what we have done wrong can be corrected.
Let us unite our scattered resource and brains to protect our religion. Let us create numerous such institutions for the cause of Hinduism. Not only the purohits' organizations, kshatriya samaj, etc. but alos the research instiutes on आर्ष literature, art, justice, science, administration and the like. Many scattered sects (such as Krishna panthi, Shaiva, Dvaita, etc) and are working in our societies and are doing their way rather than doing nothing. But all of them are naive Hindu institutions. They are swanta sukhaya and utterly religious. Why not we create stalwart, defensive, aggressive (against gross injustice against Hinduism) organizations?
These organizations can, along with many other things, at least do urgently such things as follows: be intolerant against business of conversion (present trend of buying faith in lieu of money, education, health-care, etc.) in the guise of diplomatic missions, INGOs, high-level officials; argue against the misuse of our scriptures, tradition and history against our religion; protect the properties of temples and other religious sites; fight against corruptions in the Name of Hinduism; and the like.
Bishwa sir!
DeleteI am really fascinated by your commentary. I am sure, it is stronger than that of my writing style. Your pen is mightier!
Why I waited for such a long time to respond you is that I was trying to find such people who can contribute by heart, by action and by words (mansa: vacha: karmena:) to protect our invaluable heritage. Yes, sporadic and single efforts long last. But now, I am sure, there are so many people who are waiting to amalgamate under a stonger leadership of someone/or unite within an organization.
Now, we have an organized initiative led by Pndt. Ram Krishna Upadhyaya, a pundit who has started institutional efforts for the very cause.
In facebook, you can find him at https://www.facebook.com/ramkrishna.upadhyaya
Please, send me your mob. no. to my email or by facebook message so that I can link you with him. Upon my arrival, we will expedite this effort.
Best regards,
Bhishma